क्लबको उद्देश्‍य

क्लबको उद्देश्य देहायबमोजिम हुनेछ:-

(१) यो क्लब नाफारहित गैर-लाभकारी संस्था हुनेछ।

(२) खेलकुद सुविधा, स्वास्थ्य सेवा, स्वस्थ वातावरणीय सुधार, पुस्तकालय सञ्चालन लगायतका उपलब्ध स्रोत साधनको उचित परिचालन गरी शारीरिक, मानसिक र बौद्धिक विकासका लागि क्लब अन्तर्गत उपयुक्त अवसर, सेवा र सुविधा उपलब्ध गराउने । र उपयुक्त रूपमा सामुदायिक हितका अन्य कार्यहरू। व्यवस्था गरेर जनसहभागिता प्रदान गर्ने ।

(३) यो क्लब राजनीतिक उद्देश्यले प्रेरित हुने छैन।